अनिशा वि.क., चितवन,साउन १६-
बिगत ४ वर्ष देखी विद्यार्थीको रोजाईमा पर्दै अएको प्राविधिक शिक्षाका लागि भरपर्दो शिक्षण संस्था श्री माध्यमिक विद्यालय ढड्डाघारीको प्रांगणमा यही साउन १७ गेत करियर काउन्सेलिङ्ग कार्यक्रमको आयोजान हुने भएको छ ।
यस कार्यक्रममा S.E.E. पछि के ? के पढ्द भविष्यमा राम्रो होला ? सम्पूर्ण विषयमा छलफल र अन्तरक्रिया हुने भएको छ । यस विद्यालयमा ३ वर्षे सिभिल ईन्जिनियरिङ पढाइ हुदै अएको र उत्कृष्ट नतिज पनि आइरहेको छ ।
प्राविधिक विषय के हो ? यसको महत्व के, कति छ ? भन्ने विषयमा कार्यक्रममा ईन्जिनियरहरुबाट प्राविधिक विषयको वरेमा काउन्सेलिङ्ग हुदैछ । कार्यक्रम भरतपुर -१६ श्री माध्यमिक विद्यालय ढड्डाघारीको प्रांगणमा हुनेछ ।
