Sun. Sep 25th, 2022

आज यी स्थानमा भारी वर्षा हुने

ByNepalgnews

२२ श्रावण २०७९, आईतवार १०:०२ २२ श्रावण २०७९, आईतवार १०:०२ २२ श्रावण २०७९, आईतवार १०:०२
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू(भागहरूमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।