Sun. Sep 25th, 2022

गभर्नरविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकी राष्ट्र बैंकभित्र छिर्न खोज्ने नेविसंघका कार्यकर्ता समातिए

ByNepalgnews

२२ श्रावण २०७९, आईतवार १२:०६ २२ श्रावण २०७९, आईतवार १२:०६ २२ श्रावण २०७९, आईतवार १२:०६

काठमाडौं २२ साउन ।

नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध विद्यार्थीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आज बिहान विरोध प्रर्दशन गरेका छन् ।

गभर्नर अधिकारीविरुद्ध प्रर्दशनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

ब्यानरसहित बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरभित्र छिर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । केहि प्रर्दशनकारीलाई भने प्रहरीले नियन्त्रणमा लिएका छन् ।

यो पनि : यस्तो छ विदेशी मुद्राको विनिमय दर : नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको जनाएको छ ।

राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेअनुसार युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९१ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९२ रुपैयाँ ३९ पैसा छ ।

त्यस्तै, जापानी येन ९ को खरिदमूल्य ९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८२ पैसा, साउदी अरेवियन रियाल एकको खदिरदर ३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा, युएई दिरहम एकको खरिददर ३४ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा, कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २८ रुपैइाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१४ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३३७ रुपैयाँ ०४ पैसा रहेको छ ।