Sun. Sep 25th, 2022

सरकारले भाउ घट्दा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाउनुको भित्री रहस्य यस्तो

ByNepalgnews

२२ श्रावण २०७९, आईतवार १६:१५ २२ श्रावण २०७९, आईतवार १६:१५ २२ श्रावण २०७९, आईतवार १६:१५

नेकपा एमालेले तत्काल पेट्रोलिय पदार्थको मुल्य घटाउन माग गरेको छ । आज आइतबार बसेको संसद बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पेट्रोलय पदार्थको मुल्य घटाउन माग गरेका हुन् ।

दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाउदा पनि सरकार मुल्य नघटाएको भन्दै आक्रोश पोखेका उनले तत्काल मुद्य घटाउन माग गरेका हुन् ।

मूल्य बढेर आउँदा जनतालाई मूल्यभार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन ,तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’ ज्ञवालीले भने ।

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी गरेको ज्ञवालीले आरोप लगाए ।