spot_img
spot_img
spot_img

देशभर फैलियो डेंगु, सात जनाको मृत्यु

spot_img

पछिल्लो केही दिनयता काठमाडौंमा डेंगुका बिरामी भेटिन थालेका छन्। बिरामी उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत छन्। उपत्यकासहित देशका अन्य स्थानमा पनि डेंगुका केही बिरामी फेला परेका छन्। प्रभावित क्षेत्रमा डेंगु गराउने दुई प्रकारका लामखुट्टे फेला परेका छन्।

साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् ।

अहिलेसम्म डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । सातमध्ये तीन जनामा डेंगुसँगै अन्य दीर्घरोग पनि छ ।

मृत्यु भएका निर्सग अस्पतालमा ३५ बर्षीया महिला, कान्ति बाल अस्पतालमा तीन बर्षीया बालिका, नेपाल मेडिसिडी अस्पतालमा ३८ बर्षीया महिला, भेरी अस्पतालमा १२ बर्षीया बालिका रहेका छन् । त्यसैगरी, चितवन मेडिकल कलेजमा २५ बर्षीया महिला, ग्राण्डी र समेरू अस्पतालमा डेंगु संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ ।

डेंगु एडिस एजिप्टाइ र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। नेपालमा यसअघि धेरै मात्रामा एडिस एजिप्टाइ लामखुट्टे फेला परेका छन्। तर, पछिल्ला दिनमा एडिस अल्बोपिक्टस नामका लामखुट्टे, लार्भा र प्युपा समेत फेला परेका छन्। यी दुवै प्रकारका लामखुट्टे फेला पर्नु भनेको डेंगु रोग फैलने सम्भावना थप बढ्नु हो।

यी लामखुट्टे कालो जिउमा सेतो छिर्केमिर्के भएका हुन्छन्। नेपालमा हालसम्म धेरै मात्रामा भने एडिस एजिप्टाइ प्रकारका लामखुट्टे भेटिएका छन्। डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये एडिस एजिप्टाइ बढी सक्रिय हुन्छन् भने एडिस अल्बोपिक्ट भने केही लोसे हुन्छन्।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img