तपाईंले केही यस्ता मानिस चिन्नु वा देख्नु भएको होला, जसले जीवन दाउमा राखेर जोखिम मोल्छन् । सामाजिक सञ्जालमा यस्तै एउटा भिडियो भाइरल बनेको छ । भिडियोमा एक महिला यस्तै हर्कत गर्न पुग्छिन् । जसका कारण उनको ज्यान जान सक्थ्यो ।
भिडियोमा देखिएअनुसार एक महिला रेलको लिकमा हुन्छिन् । उनी केही परको आकाशेपुलबाट पारी तर्न अल्छी मान्दै रेलको लिकबाट बाटो काट्न तल झर्छिन् । तर जसै उनी रेलको लिकमा पुगेकी हुन्छिन् रेल आउँदै गरेको देखेर उनी फर्किन चाहन्छिन् । तर उनी उक्लिन सक्दिनन् । र सहायता लागि गुहार माग्छिन् ।
महिला रेलको लिकबाट माथि उक्लिन सक्दिनन् । यस्तोमा नजिक आउँदै गरेको रेलले उनलाई झन् अत्याउँछ । तर अचानक एक रेल्वे कर्मचारीले उनको सहायताका लागि दौडेर आइपुग्छन् । तानेर उनलाई बचाउँछन् ।
जसै महिला माथि आइपुग्छिन्, त्यसको २ सेकेण्डमै रेल आइपुग्छ । अर्थात अरु २ सेकेण्ड ढिलो भएको भए ती महिलाको ज्यान जान सक्थ्यो । सामाजिक सञ्जालमा धेरैले ती ज्यान बचाउने रेल्वे कर्मचारीलाई सुपर हिरोको उपमा दिएका छन् ।