पछिल्लो समय निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा थप चर्चामा छन् ।
अहिले महाअभियोग सिफारिस समितिलाई बयान दिने उनको नियमित काम जस्तै बनेको छ । यसैबिच शुक्रबार महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गराउने तयारी भइरहेका बेला उनी फेरी एक पटक झड्कीएका छन् ।
उनले १७४ पेजको बयान लामो भएको भन्दै आँफुले सबै पृष्ठमा सही नगर्ने बताएपछि अहिले उक्त बयान पढेर जबरालाई सुनाउने काम भइरहेको छ । सबै पढिसकेर हस्ताक्षर गराउँदा कम्तिमा पाँच घण्टा लाग्ने बताइनछ ।
जबराले आँफुले बोलेका सबै कुराहरु बयान भएको र अन्तिममा एक पेजमा हस्ताक्षर गर्दिन्छु, यो ठूलो रैछ, झण्डै दुई सय पेजको कपी मैले घरमा पढ्न पनि सक्दैन समेत भन्ने प्रतिक्रिया दिएका छन् ।
उनले बयानमा हस्ताक्षर नगरेपछि उनलाई बयान सुनाउने क्रममा भने उनले ठिक छ ठिक भन्दै अगाडी बढीरहेको महाअभियोग सिफारिस समितिका एक सदस्यले जानकारी दिए ।