spot_img
spot_img
spot_img

चोलेन्द्र प्रकरणबारे ओली : सेना–प्रहरी हातमा छ भनेर नजरबन्द बनाउने, तमासा गर्ने ?

spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको निवास प्रहरीले घेरेर तमासा देखाएको टिप्पणी गरेका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले तीन महिनाभित्र टुंग्याउनुपर्ने प्रश्नमा सात महिना अनियन्त्रित गरेर अहिले निवास घेरेर तमासा देखाएको बताएका हुन् ।

उनले कुनै पनि प्रस्तावको कार्यकाल हुने भन्दै  सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ ? भन्दै प्रश्न गरे । ‘मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो ? लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायाधीशले के गर्ने ?’, ओलीको भनाइ छ । उनले बोरिस एल्सिनले रुसको संसदमाथि गोलाबारी गरेजस्तै प्रवृत्ति चोलेन्द्रमाथि सरकारले देखाएको बताए ।

‘बोरिस एल्सिन प्रवृत्ति देखियो । यस्ता बोरिस एल्सिनसँग संसदका कुरा, लोकतन्त्रका कुरा, कानुनी राजका कुरा के गर्नु ? सर्वोच्चमाथि लगातार गोलाबारी भएको छ । यो गैरजिम्मेवारी हो । लोकतान्त्रिक मूल्यमान्यता अनुसार सरकार चल्नुपर्छ’, ओलीको भनाइ छ ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img