spot_img
spot_img
spot_img

व्रत बस्दा मिठाई, कोल्ड ड्रिंक्स खान मिल्छ ? के छन् व्रतका नियमहरु ?

spot_img

आजकल व्रत बस्ने ट्रेण्ड चलेको छ । केहिले धार्मीक आस्था त केहि फिटनेशकालागी व्रत बस्छन् । धार्मीक आस्थाले व्रत बस्नेहरुले सामान्य अवस्थामा जस्तो खाना खादैनन् । अर्थात् व्रतमा दाल, भात, तरकारी, अचार खाइदैन । बरु दूधमा पकाएर साबुदाना, सेबइ खाइन्छ, फलफूल खाइन्छ । तर आजकल केहिले व्रत बसेको बेला ड्राइ फ्रुट्स, जुस, कोल्ड ड्रिंक्स तथा मिठाई खाने गरेका छन् । एक प्रकारले यस्तो प्रकारको व्रत फेसन भइसकेको छ ।

अन्य समयमा भन्दा बढी क्यालोरी प्राप्त हुने गरी व्रतमा टन्न खान थालिएको छ । व्रत बस्ने नाममा प्रशस्त फलाहार गर्नु, सिँगारिनु तथा आराम गर्नु सामान्य हुन थालेको छ । धेरैले दालभात, माछामासु बाहेक अरू खाना खानु अथवा अन्नको त्याग गर्नुलाई व्रत मान्न थालेका छन् । तर शास्त्रमा भने यसलाई व्रत मानिदैन । शास्त्रमा व्रतसम्बन्धी केहि नियमहरू बताइएको छ ।

के छ व्रतका शास्त्रीय नियम ?
– व्रत गर्नुअघि स्नान गरेर (नुहाएर) शरीर सफा एवं शुद्ध राख्नु पर्ने शास्त्रीय मान्यता छ ।

– क्षमा, सत्य, दया, दान, शौच, इन्द्रिय निग्रह, देवपूजा, अग्निहोत्र, सन्तोष तथा अस्तेय जस्ता १० नियमलाई पालन गर्नु कुनै पनि प्रकारको व्रत बस्दा आवश्यक नियम मानिन्छ ।

– उपवास बसेका बेला बारम्बार पानी पिउँदा, गुटखा, सुर्ती, चुरोट, सुपारी वा पान खाँदा, दिउँसो सुत्दा तथा सहवास गर्दा व्रत दूषित हुने शास्त्रीय मान्यता छ ।

– व्रत गर्ने व्यक्तिले काँसको भाँडा, मह तथा अर्काको अन्न त्याग गर्नुपर्ने मान्यता छ ।

– व्रत गर्नेले महँगा पहिरन, आभूषण, सुगन्धित वस्तु वा अत्तर आदिको प्रयोग गर्नु हुँदैन ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img