आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले समानुपातिक निर्वाचन तर्फको बन्दसूची सोमवार (आज) मात्रै बुझाउँदैछन् ।
ठूला राजनीतिक दलहरूले समेत आजै समानुपातिक तर्फको बन्दसूची आयोगलाई बुझाउँदैछन् ।
समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, आइतवार प्रतिनिधि सभातर्फ दुई र तीनवटा प्रदेशका लागि एक/एक राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेका छन् ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दलहरूबाट निवेदन आह्वान गर्दा प्रतिनिधि सभाका लागि ७६ वटा दलबाट ६८ निवेदन परेको थियो ।