बदलिदो सुविधायुक्त जीवनशैली, अव्यवस्थित खानपान आजकल मुटुरोगको कारण बन्दै गएको छ । यही मुटुरोग मानिसको मृत्युको पहिलो कारण बन्ने गरेको छ । मुटुरोग भन्नाले धेरैजसो हृदयघात र हार्टफेललाई बुझ्ने गरिन्छ । हृदयघात विशेष गरी ४० वर्ष माथिका मानिसहरूमा देखा पर्दछ ।
गलत खानपान र शारीरिक व्यायामको अभावमा आजकल युवा उमेरका मानिसमा पनि हृदयघातको जोखिम बढेको छ । आधुनिक सभ्यता, व्यस्त जीवनशैली, महत्वकाङ्क्षा, कम्प्युटर टेलिभिजनको अत्यधिक प्रयोग, खानपान, मानसिक तनाव, व्यायामको कमी मुटुरोग हुने गर्दछ । यही मुटुरोगले हृदयघात हुने सम्भावना हुन्छ ।
हृदयघातको लक्षण ?
छातीको बीच भागमा अत्यधिक पीडा हुनु
परिश्रम गर्दा दम बढ्नु
खुट्टाहरू सुन्निनु
घाँटीको रक्तनली फुल्नु
देब्रे छातीतिर श्वास फेर्न गार्हो हुने
चिटचिट पसिना आउनु
वाकवाक लाग्नु
यी हृदयघात हुनु अघिका लक्षणहरू हुन् । जसमध्ये एक तिहाइ बिरामीको अस्पताल पुग्नु अगावै नै मृत्यु हुन्छ ।
हृदयघातबाट बच्ने उपाय
– प्रशस्त फलफूल, हरियो सागसब्जी खाने ।
– स्वस्थ भोजनको मात्र खानपान गर्ने ।
– खानामा चिनी, नुन र चिल्लोको कम मात्र प्रयोग गर्ने ।
– नियमित ३० मिनेट शारीरिक कसरत र व्यायाम गर्ने ।
– धूम्रपान साथै सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
– उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहको समस्यामा नियमित परीक्षण गर्ने ।