Sun. Sep 25th, 2022

राष्ट्रपति भण्डारी विरुद्धको रिटमा आज सुनुवाई हुँदै

ByNepalgnews

७ आश्विन २०७९, शुक्रबार ०७:२९ ७ आश्विन २०७९, शुक्रबार ०७:२९ ७ आश्विन २०७९, शुक्रबार ०७:२९

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा परेको रिटमाथि आज (शुक्रवार) सुनुवाइ हुँदै छ ।

राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध कानुन व्यवसायीहरूको पाँचवटा रिट परेको हो ।रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ ।

साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

अधिवक्ता सागर बराल तथा सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेत लगायत कानून व्यवसायीहरूले दर्ता गराएको रिटमा आज  सुनुवाई हुन लागेको हो ।