Sun. Sep 25th, 2022

जीप दुर्घटना, एकजनाको मृत्यु, ५ जना घाइते

ByNepalgnews

७ आश्विन २०७९, शुक्रबार ०७:३२ ७ आश्विन २०७९, शुक्रबार ०७:३२ ७ आश्विन २०७९, शुक्रबार ०७:३२

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए।

मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो ।जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए ।

तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।