spot_img
spot_img
spot_img

पौडी खेल्न गएका तीन जना बालक बेपत्ता

spot_img

हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् ।

साँझ साढे पाँच बजे चार जना बालक पौडी खेल्न खोलामा गएका थिए । तीमध्ये एक जना बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकका अनुसार उनीहरू हेटौंडा–१५, फायरलाइनबाट पौडी खेल्न गएका थिए ।

हराइरहेका बालकको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले उद्धार गरिरहेको छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img