जसरी भूखण्डको ढलान दक्षिण–पश्चिम कुनाबाट उत्तर–पूर्वी कुनातर्फ हुनुपर्छ, त्यसरी नै भुइँ तल्लाको भूइँ र घरको छतको ढलान पनि उत्तरपूर्वतर्फ हुनुपर्छ चाहे त्यो ढलान नदेखिने गरी नै किन नबनाएको होस् । भुईं तल्लाको पूरै क्षेत्रफललाई ढाक्ने गरी पहिलो तल्ला बनाइयो भने ढलानको त्यही अवस्थालाई कायम गर्नुपर्छ ।
यदि पहिलो तल्लामा भवनको एउटा भाग मात्र बनाउनु छ भने पश्चिमतर्फ आधा भाग बनाउनुपर्छ वा पश्चिम र दक्षिण भागमा । उत्तरपूर्वी कुनालाई एउटा खुल्ला ट्यारेसको रुपमा छोडिदिनुपर्छ । पहिलो तल्लाको उचाई भुइँ तल्लाको उचाई बराबर वा त्यसभन्दा कम हुनुपर्छ, बढी हुनु हुँदैन ।
पहिलो तल्लामा झ्याल र ढोकाहरुको सङ्ख्या भुईँ तल्लाका झ्याल र ढोकाहरुको सङ्ख्याभन्दा बढी वा कम हुनुपर्छ बराबर हुनु हुँदैन ।