spot_img
spot_img
spot_img

नवरात्रीको अवधिभर कुन दिन, कुन देवीको, कुन रङ्गको पहिरन लगाएर उपासना गर्ने ?

spot_img

प्रथमं शैलपुत्री च द्वितीयम् ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कुष्मांडेति चतुर्थकं ।।
पंचमं स्कंदमातेति, षष्टम कात्यायनीति च ।
सप्तमं कालरात्रीति, महागौरीति चाष्टमं ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।।

काठमाडाैँ – आजबाट नेपालीहरूको महान् चाड बडा दसैँको औपचारिक सुरुवात भएको छ । दसैँको नवरात्रिको अवसरमा दुर्गा भगवतीका यी नौ वटै रूप उच्चारण गरी हरेक दिन, एक रूपको विधिवत् विशेष पूजा उपासना गरिन्छ । दुर्गाका हरेक रूपको पूजा उपासना गर्दा र देवीलाई प्रसन्न पारे मनोबाञ्छित फल मिल्ने धार्मिक विश्वास छ ।

नवरात्रिको अवधिभर दुर्गाका नौ रूपको उपासना गर्दा हरेक तिथिमा भगवती प्रसन्न हुने रङ्गको वस्त्र धारण गरी उपासना गरे देवीबाट शुभ आर्सीवाद मिल्ने मान्यता छ । यस पटकको शारदीय नवरात्रिमा दुर्गाको कुन रूपको कुन रङ्गको वस्त्र पहिरिएर उपासना गर्नाले भगवती प्रसन्न हुन्छिन् त ? यस्तो धार्मिक मान्यता

– पहिलो दिन पहेँलो रङ्ग
नवरात्रिको पहिलो दिन आज पर्वतराज हिमालयकी पुत्री माता शैलपुत्रीको पूजा गरिन्छ । यस दिन पहिलो रङ्गको वस्त्र धारण गरी पूजा गरेमा देवीको विशेष कृपा रहने मान्यता छ ।

– दोस्रो दिन हरियो रङ्ग
नवरात्रिको दोस्रो दिन भोलि म गलबार देवी ब्रह्मचारिणीको उपासना गरिन्छ । यस दिन देवीको उपासनाका क्रममा हरियो रङ्गको वस्त्र पहिरिएमा विशेष लाभ मिल्ने मान्यता छ ।

– तेस्रो दिन खैरो रङ्ग
नवरात्रिको तेस्रो दिन पर्सि बुधवार दुर्गा भगवतीको चन्द्रघण्टा रूपको उपासना गरिन्छ । यस दिन खैरो रङ्गको वस्त्र पहिरिएर देवीको उपासना गरे धनलालको योग बन्ने विश्वास ।

– चौथो दिन सुन्तला रङ्ग
नवरात्रिको चौथो दिन माता कुष्मान्डाको उपासना गरिन्छ । यस दिन सुन्तला रङ्गको वस्त्र पहिरिएर देवीको उपासना गरेमा मनोबाञ्छित लाभ मिल्ने धार्मिक विश्वास छ ।

– पाँचौँ दिन सेतो रङ्ग
नवरात्रिको पाँचौँ दिन स्कन्द माताको उपासना गरिन्छ । यस दिन सेतो रङ्गको वस्त्र पहिरिएर स्कन्द माताको उपासना गरे मनोकामना पूर्ण हुने मान्यता छ ।

– छैठौँ दिन रातो रङ्ग
नवरात्रिको छैठोँ दिन दुर्गा भगवतीको कात्यायनी रूपको उपासना गरिन्छ । यस दिन रातो रङ्गको वस्त्र पहिरिएर उपासना गर्नाले माता कात्यायनीको आर्सीवाद मिल्ने मान्यता छ ।

– सातौँ दिन नीलो रङ्ग
नवरात्रिको सातौँ दिन अर्थात् सप्तमीमा माता कालरात्रिको उपासना गरिन्छ । यस दिन नीलो रङ्ग धारण गरेर कालरात्रिको उपासना गरेमा माता प्रसन्न हुन्छिन् भन्ने विश्वास छ ।

– आठौँ दिन गुलाबी रङ्ग
अष्टमीको दिन महागौरीको उपासना गरिन्छ । महागौरीको उपसनाका क्रममा गुलाबी रङ्गको वस्त्र धारण गरेमा तत्काल शुभ फल मिल्ने योग हुने धार्मिक मान्यता छ ।

– नवौँ दिन बैजनी रङ्ग
नवरात्रिको नवौँ दिन माता सिद्धिदात्रीको उपासना गरिन्छ । यस दिन बैजनी रङ्गको धारण गरी माता सिद्धिदात्रीको उपासना गरे पारिवारिक सुखमा वृद्धि हुने धार्मिक विश्वास छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img