१. ज्यादै नजिक हुनुले पनि मानिस अनादरको कारण हुन्छ । गंगातटमा बस्नेहरू आफ्नो शुद्धिका निम्ति अर्कै जल लिन जान्छन् ।
२. कुशल व्यक्तिले सानाठूला सबै शास्त्रबाट त्यसरी नै सार ग्रहण गरोस् जसरी भ्रमरले फूलबाट ।
३. आशारूपी पासो काट्न व्यक्तिसँग वैराग्य रूपी तरबार छ ।
४. आशा नै परम दुःख र निराशा नै परम सुख हो ।
५. गुण र दोषका लक्षण धेरै के बताऊँ ? गुण र दोष दुवैतर्फ दृष्टि जानु नै दोष हो र दुवैबाट पृथक् रहनु गुण नै हो ।
६. हितकर तर मनोरम कुरा दुर्लभ नै हुन्छ ।
७. जसको क्रोध निष्फल हुन्न र जो विपत्ति हटाउन सक्षम छ, मानिस स्वयमेव उसका वशमा हुन्छन् ।