हेटौँमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट झापाका लागि छुटेको ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्वपश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिकआँफै नालीमा खसेको छ ।
दुर्घटनामा बसमा सवार झापाको दमक ५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी ८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशीको मृत्यु भएको प्रहरी जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।