spot_img
spot_img
spot_img

सन्दीप लामिछाने नेपाल अवतरण, प्रहरीसामु आत्मसमर्पण

spot_img

सन्दीप लामिछानेले प्रहरीसामु आत्मसमर्पण गरेका छन् । दुबईबाट काठमाडौँ आएका उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन् ।

कतार एअरवेजको जहाजबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएका सन्दीपले प्रहरी सामु आत्मसमर्पण गरेका हुन् । उनलाई प्रहरीले विमानस्थलबाट प्रकाउ गरेको छ ।

एक नाबालिगले बलात्कार गरेको आरोममा लामिछाने विरुद्ध उजुरी गरेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो । विदेशमा रहेका कारण इन्टरपोललाई समेत खबर गरिएको प्रहरीको भनाइ छ।

भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप आज मात्र स्वदेश फर्किएका हुन् ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img