spot_img
spot_img
spot_img

आजबाट सकियो दसैँ, आज राति जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइने

spot_img
आज बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा । आज राती धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दसैँलाई बिदा गर्ने परम्परा छ ।
नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आश्विन शुक्ल पूर्णिमाको राति जाग्राम बसेपछि समापन हुने छ । शास्त्र अनुसार गर्नुपर्ने सबै बलि पूर्ति अर्थात् अखिल बलि पूर्तिको काम अब समाप्त भएको छ । अखिल बलि पूर्ति भएसँगै विजया दशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्ष कालागि सकिएको छ ।
कोजाग्रत पूर्णिमाकै राति जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइने छ । योसँगै आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुन्छ । आश्विन शुक्ल पूर्णिमाको सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाइन्छ ।
नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधान समेत रहेको छ ।
विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img