spot_img
spot_img
spot_img

सर्लाही-२ मा रोचक भिडन्त

spot_img

कुनै समय एउटै पार्टीमा रहेका मधेशका दुई नेता यस पटक प्रतिनिधिसभा निर्वाचनमा एउटै क्षेत्रबाट लड्दैछन् ।
मधेशी नेताहरु राजेन्द्र महतो र महेन्द्र राय सर्लाही–२ मा प्रतिस्पर्धा गर्न लागेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता महतो र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादवबीच संघीय निर्वाचनअन्तर्गत सर्लाही–२ मा प्रतिस्पर्धा हुने भएको हो ।
राय र महतो दुवै निवर्तमान सांसद हुन् । राय सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्न लागेका हुन् भने महतो एमालेको समर्थनमा उम्मेदवार बन्न लागेका हुन् । राय र महतो दुवै सर्लाही निवासी हुन् ।
महतो २०७४ सालमा निर्वाचित भएको धनुषा क्षेत्र नं. ३ छाडेर आफ्नै गृह जिल्लाबाट उम्मेदवार बन्न लागेका हुन् । उनले धनुषा ३ पार्टीका नेता अनिल झालाई छाडेका छन् ।
महतोको घर सर्लाही क्षेत्र नं. १ को चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा पर्छ भने सर्लाही २ कै हरिपूर्वा नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनले माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लड्नेछन् ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img