spot_img
spot_img
spot_img

यी बानीले भाग्यमा भएका चिज पनि समयमा पाइँदैन

spot_img
कुनै कुरा समयमा पाइयो वा पाइएन भने यसलाई कतिपयले भाग्यको दोष मान्छन् । विभिन्न धार्मिक ग्रन्थ र पुराणहरूमा समेत भाग्य बारे चर्चा गरिएको छ । यस्तोमा भाग्यमानी बन्न नचाहने को होला र ? तर केवल भाग्यमा मात्र भरोसा गरेर बस्ने भन्दा दैनिक जीवनमा केही सामान्य परिवर्तन गरेमा मानिसको भाग्य चम्किने मान्यता छ । तर मानिसका केही यस्ता बानी हुन्छन् जसले भाग्यमा भए पनि कुनै पनि कुरा प्राप्त गर्न नसकिने धार्मिक मान्यता छ । के के हुन् ती बानी
– बिहान सबेरै नउठ्नु
बिहान अबेलासम्म सुतिरहने व्यक्तिको कुम्लीमा सूर्य कमजोर रहेको बुझिन्छ । कुण्डलीमा सूर्य बलवान् नै भए पनि अबेरसम्म सुतिरहने बानी भएकाहरूको सूर्य कमजोर हुने मान्यता छ । कमजोर सूर्यका कारण कार्यालयमा सदैव हाकिम वा मालिकको कचकच सुनिरहनुपर्ने हुन्छ र पदोन्नतिमा समेत बाधा खडा हुने मान्यता छ । यसको विपरीत सबेरै उठ्ने गरेमा सूर्यका साथै पितृहरू प्रसन्न हुने र उनीहरूको आशीर्वाद प्राप्त हुने मान्यता छ । फलस्वरूप जीवनमा स्वास्थ्य लाभ हुनुका साथै सबै कार्य बिना बाधा सम्पन्न हुने विश्वास गरिन्छ ।
– खानपानमा सतर्कता
कार्य व्यस्तताका कारण आधुनिक मानिस खानपानमा त्यति ध्यान दिँदैनन् । फलस्वरूप अनेकौँ समस्या सिर्जना हुन्छन् । तसर्थ खानपानको समय निश्चित हुनुपर्छ, यसका लागि समय छुटाउनुपर्छ । यस्तै, हिँड्दै खाने बानी छ भने तत्काल त्यसलाई छोड्नुपर्छ । यस्ता बानीका कारण प्रेत दोष तथा पितृ दोष हुने मान्यता छ । साथै मानिस बिरामी पर्नुका साथै धनको हानि हुने विश्वास गरिन्छ । तसर्थ स्थिर रहेर खानपान गर्नाले देवताहरू प्रसन्न हुन्छन्, राहु दोष शान्त हुन्छ र जीवनमा उत्तरोत्तर प्रगतिको मार्ग प्रशस्त हुन्छ ।
– अभिवादन जरुरी
आफूभन्दा सानो कसैले अभिवादन गर्छ भने आफूले पनि शिष्टतापूर्वक उसलाई अभिवादन गर्नुपर्छ । कोही आफूभन्दा श्रेष्ठ छ भने, चाहे त्यो व्यक्ति आफ्नो कर्मचारी नै किन नहोस् उसलाई अवश्य पनि अभिवादन गर्नुपर्छ । यसबाट बृहस्पति र शनि सबल हुने भएकाले जीवनमा कहिल्यै पनि दुर्भाग्यको सामना गर्नुपर्दैन ।
– घर आउँदा केही न केही लिएर जाने
घरबाहिर कतै गएर फर्कँदा केही न केही चिज साथमा लिएर जानु पर्दछ । यसो गर्दा गृहलक्ष्मी स्थिर हुने र घरमा लच्छिनको बास हुने मान्यता छ । साथै घरमा झगडा हुँदैन र परिवारमा प्रेम भाव रहिरहन्छ ।
विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img