spot_img
spot_img
spot_img

के अण्डा, मानव स्वास्थ्यका लागि लाभदायक छ ?

spot_img

मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने कतिपय तत्त्व अण्डामा पाइन्छ । तर अण्डा नखाँदा मानिस स्वास्थ्य हुदैँन भन्ने चाहिँ होइन । अण्डामा पाइने तत्त्व अन्य खाद्य स्रोतबाट मानिसले पाउने गर्दछ । तथापि अण्डालाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ ।

अण्डामा आइरन, प्रोटिन, क्याल्सियम, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा जिङ्क लगायतका तत्त्वहरू हुने गर्दछ । यसले बालबालिका तथा गर्भवती महिलालाई निकै लाभ पुर्‍याउने गर्दछ । चिकित्सकका अनुसार अण्डामा दुर्लभ पौष्टिक तत्त्व समेत पाइन्छ । त्यसैले अण्डालाई पोषणविद्हरू सुपर फुडको उपमा दिन्छन् । अण्डा खानुका फाइदाहरू यस्तो छ ः

प्रोटिनको श्रोत
अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । यसले मानव शरीरको मुख्य संरचना, तन्तु तथा अणु बनाउन मद्दत गर्छ ।

तौल घटाउन
कतिपय मानिसमा अण्डा खाए मोटाइन्छ भन्ने गलत मान्यता छ । तर अण्डाले मोटोपन बढ्ने भन्दा पनि तौल चाहिँ घट्ने गर्दछ ।

रतन्धो हुनबाट सुरक्षा
अण्डामा हुने ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्टले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिविहीन हुने जोखिमलाई न्यून पार्दछ ।

मुटु रोगमा उत्तम
अण्डाको सेवन उक्त रक्तचाप भएका व्यक्तिलाई समेत लाभदायी हुन्छ । अण्डामा हुने तत्त्वले हाइपर टेन्सन घटाउनुका साथै मुटु रोग, हृदयाघात लगायतको जोखिम कम हुन्छ ।

चेतना बढाउन
अण्डामा हुने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ । यी तत्त्वले मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्दछ ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img