spot_img
spot_img
spot_img

वाङ्मय शताब्दी पुरुष जोशी को हुन ?

spot_img

नेपाली वाङ्मयका शताब्दी पुरुष सत्यमोहन जोशी एउटै परिचयले पुग्ने व्यक्तित्व होइनन् । नेपाली वाङ्मयमा तीन वटा मदन पुरस्कार प्राप्त उनी नेपालका संस्कृतिविद् पनि हुन् । नेपालका संस्कृतिविद्मात्र नभएर ज्यूँदाे इतिहास पनि थिए । नेपाललाई सय वर्ष बढी भोग्ने, देख्ने र उपयोग गर्ने शताब्दी पुरुष इतिहासविद् पनि हुन् ।

बाबु सङ्कर राज जोशी र आमा राजकुमारीको कोखबाट वि. सं. १९७७ साल वैशाखमा जोशीको जन्म हुन्छ । ललितपुरको बखुम्बहाल जन्मेका जोशी इतिहासविद्, संस्कृतिविद् हुन् ।

जोशी नेपालको पहिलो पुरातत्त्व विभागका निर्देशक पनि हुन् । २०१५ सालमा ३८ वर्षको उमेरमा नै उनी पुरातत्त्व विभागको निर्देशक बनेका थिए ।
शताब्दी पुरुष जोशीले  संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित गरेका छन् । दुई वटा काव्य, पाँच कथा सङ्ग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरू पनि शताब्दी पुरुष जोशीको हातबाट लेखिएका छन् ।

नेपाली साहित्यको सबै भन्दा ठुलो मानिने मदन पुरस्कार तीन पटक पाएका छन् । उनका ‘लोक संस्कृति’ नामक पुस्तकले पहिलो पटक वि. सं. २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थले दोस्रो पटक वि. सं. २०१७ सालमा, र ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थले संयुक्त रूपमा तेस्रो पटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे।

डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद् हुन् । उनी बुबा सङ्कर राज जोशी र माता राजकुमारीका जेठा छोरा हुन्। साहित्यकार समेत रहेका जोशीले  त्रिचन्द्र कलेजबाट बि.ए. सम्म अध्ययन गरेका छन्।

दोस्रो पटक मदन पुरस्कार पाएको उनको कृति वि. सं. २०१६ सालमा लेखिएको हो । उनले पाँचौँ शताब्दीदेखि बिसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण उक्त पुस्तकमा समावेश गरेका छन् ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सु प्रबल गोर्खा दक्षिण बाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। यस्तै, नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्र दीपले सम्मानित गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बिर अङ्कित चाँदीको सिक्का निष्कासन गरेको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बिर रहेको छ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img