spot_img
spot_img
spot_img

धान काट्न जाँदा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु

spot_img

सल्यानमा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ की २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेको सल्यान प्रहरीले जानकारी गराएको छ ।

उनीहरु धान काट्न खेतमा गएका थिए । काटेर साँझ घर फर्किने क्रममा अरिङ्गालले टोकेको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी सन्तोष खनालले  श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचारपछि कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमा मृत्यु भएको बताए ।

शोभाको मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यू भएको हो। अरिङ्गालले टोकेर घाइते भएका २१ वर्षीया नवीन बस्नेतको भने उपचार भइरहेको छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img