भुपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ आगामी फागुन ५ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको छ । निर्माण युनिटले अहिले देखिनै फिल्मको प्रचारप्रसार गरिरहेको हो ।
यस्तैमा फिल्म युनिटले मंगलबार ‘झ्याईं पारौं’ बोलको गीत पनि सार्वजनिक गरेको छ । लोक लयको गीतमा मेलिना राई, रामकुमार नेपालीको स्वर र आश्रम गुरुङको शब्द तथा संगीत छ । चक्र पुलामी मगरको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामीको अभिनय देख्न सकिन्छ । फिल्मको केही अगाडि बेलायतमा प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा सकारात्मक प्रतिक्रिया पाएको फिल्ममा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।
मदन घिमिरेको छायांकन, नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टीका पुन र तारा सिरिस मगरको गायन रहेको फिल्मको निर्माता मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ हुन् । सोलुखुम्बुको जुबु र त्यस आसपासका रमणीय स्थानमा छायांकन भएको फिल्मले आफ्नै पिताको हत्यारासँगको बदला लिन पुरुषले गर्ने संघर्षको कथा विषयवस्तु बनाएको छ ।