spot_img
spot_img
spot_img

आज रमा एकादशी, यस्तो छ रमा एकादशीको व्रत कथा

spot_img

आज कार्तिक कृष्ण एकादशी अर्थात रम्भा एकादशी । यस एकादशीलाई रमा एकादशी पनि भनिन्छ । यो एकादशी तिहार भन्दा अगाडी पर्दछ । लक्ष्मी माताको अर्को नाम रमा पनि भएकाले यस एकादशीलाई विशेष मानिन्छ । साथै लक्ष्मीनारायण भगवान् विष्णुका लागि पनि यस एकादशीको विशेष महत्व रहेको छ ।

रमा एकादशीको व्रत लिदाँ १ हजार अश्वमेध यज्ञ र १ सय राजशुया यज्ञहरू बराबरको फल मिल्छ धार्मीक विश्वास छ । रमा एकादशीको व्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठी नित्य शुद्ध बनी निराहार व्रत बसी दान आदि कर्महरू पूरा गर्नुपर्ने मान्यता छ ।

रमा एकादशीको व्रतमा भगवान् श्रीविष्णुलाई धूप, दीप, नैवेद्य, फूल एवं मौसम अनुसारका फलफूल चढाएर पूजा गरिन्छ । अरू एकादशी व्रतमा झैँ रमा एकादशीमा पनि विष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ ।

यस्तो छ, रमा एकादशीको महत्व
महाभारतमा भगवान श्रीकृष्णले युधिष्ठिरलाई चन्द्रभागाको भक्तिको उदाहरण दिएर यस एकादशीको महात्म्य वर्णन गरेको उल्लेख छ । चन्द्रभागा अनि उनका पिता मुचुकुन्द र पति शोभनसँग जोडिएर यस एकादशीको बयान गरीएको छ ।

कथा अनुसार, रमा एकादशीको दिन राजा मुचुकुन्दले राज्यभरि सबैलाई उपवास लिन भनेका थिए । चन्द्रभागाले राजा शोभनसँग विवाह गरेपछि शोभनले पनि यस एकादशीको व्रत सुरु गरे । तर कमजोर हुँदै गएका राजा शोभनको मृत्यु भयो । पतिको मृत्युपछि चिन्ता र वियोगले चन्द्रभागा आफ्नै पिता मुचुकुन्दका घरमा अर्थात् माइतै बस्न थालिन् ।

रमा एकादशी व्रतको प्रभावले राजकुमार शोभनको इन्द्र राज्य सरह धनधान्य र सुखले युक्त मन्दराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो । बर्षाैपछि राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा घुम्दै जाँदा बाटो भुल्लिएर मन्दराचल पर्वतमा पुगे । त्यहाँ पुगेपछि उनले राजकुमार शोभनलाई अचानक देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इति–वृत्तान्त जानकारी लिए । शोभनले आफू ससुरालीमा हुँदाका सबै घटना वृत्तान्त सुनाए ।

शोभनले रमा एकादशीको व्रतको प्रभावले आफूलाई यस्तो स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई सुनाए । त्यसपछि चन्द्रभागाले मन्दराचल पर्वत पुगेर ती ब्राह्मणलाई आग्रह गरिन् । बाम्हणले पनि चन्द्रभागालाई मन्दराचल पुर्‍याए र वामदेव ऋषिका आश्रममा राखे ।

वामदेव ऋषिले चन्द्रभागासँग सबै वृत्तान्त सोधे । वेद मन्त्रहरूद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरीर पनि दिव्य प्रज्वलित भयो । रमा एकादशी व्रतका प्रभावले यस्तो सबै अभूतपूर्व मिलन सम्भव भएको भन्दै सुखीले अल्लाहदित भइन् । त्यही भएर जसले रमा एकादशीको व्रत सम्पन्न गर्छ, उसको यसै गरी सबै पाप नास भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img