spot_img
spot_img
spot_img

तिहार नलाग्दै यी ५ चीज घर भित्र्याए लाभैलाभ हुने धार्मिक मान्यता

spot_img

नेपाली हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार भोलीबाट शुरु हुदैँछ । यस पटकको तिहार कार्तिक ६ गतेबाट शुरु भई कार्तिक ११ गतेसम्म रहेको छ । तिहारमा विशेषतः लक्ष्मी र गणेशको पुजाअर्चना गरीन्छ । देवी लक्ष्मीको आरधना गरे घरमा सुख, समृद्धि तथा धन आउने विश्वास गरीन्छ भने गणेशको पुजा गरेमा घरमा आउने संकट तथा बिघ्न हट्ने विश्वास छ । यसका साथै तिहारमा यी ५ वस्तुलाई घर भित्र्याएमा लाभ हुने धार्मिक मान्यता छ ।

– श्रीयन्त्र
माता लक्ष्मीको कृपा पाउन घरमा श्रीयन्त्रको तिहार अघि स्थापना गरी नियमित पूजा गरेमा यसले धनयोग बनाउने मान्यता छ । श्रीयन्त्रमा माता लक्ष्मीका अलाबा ३३ अन्य देवी देवाताको चित्र अंकित हुन्छ । यसले घरमा रोकिएको धन ल्याउन मद्दत गर्ने मान्यता छ ।

– मोती शंख
तिहार अघि मोती शंख घरमा ल्याई यसलाई विधिपूर्वक पूजा गरी दराजमा राखेमा यसले तुरुन्त धन भित्र्याउने धार्मिक विश्वास छ । मान्यता अनुसार मोती शंख घरमा राख्दा यसले धन टिक्ने र आम्दानि समेत बढाउने गर्दछ ।

– लक्ष्मी कौडा
धार्मिक ग्रन्थ अनुसार लक्ष्मीसंगै कौडा पनि समुन्द्रबाट उत्पती भएको हो । तसर्थ धन आर्कषित गर्न लक्ष्मी कौडामा स्वभाविक गुण रहने भएकाले यसले अनावश्यक रुपमा बाहिरीने धन समेत खर्च हुनबाट बचाउने मान्यता छ । यसलाई घरमा स्थापित गरेमा अपत्यारीलो स्थानबाट समेत धन योग बनाउने विश्वास गरीन्छ ।

– आँकको जरा
शुक्रवारको दिन पारेर विधीविधान पुर्वक सेतो आँकको जरा पूजा गरी घर भित्र्याएमा यसले धनयोग बनाउने धार्मीक मान्यता छ । यसरी भित्र्याइएको आँकको जरा पुजापछि धन राख्ने दराज वा बाकसमा राख्नाले यसले तत्काल धन ल्याउने विश्वास गरीन्छ ।

– कमल गट्टा
कमल गट्टा कमलको फुलको बीउबाट बन्दछ । माता लक्ष्मीलाई कमल फुल मनपर्ने भएकाले यसको बिउबाट निर्मित माला माता लक्ष्मीको प्रतिमामा लगाई पुजा गरेमा असम्भव स्थानबाट पनि सजिलै धन प्राप्तिको योग बन्ने धार्मिक विश्वास छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img