‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको चलचित्र हो । अभिनेत्रीको खोजीमा निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकीसम्म पुगेका थिए । अब मंसिरबाट फिल्मको छायांकन गर्ने तयारीमा निर्माण टिम छ ।राजधानि दैनिकमा खबर छ ।
सुदर्शन थापाको निर्देशन र सुभाष थापाको निर्माण रहने यस फिल्ममा अर्पण थापा, राज कटुवाल, लोकमणि सापकोटा, प्रकाश घिमिरे, कमलमणि नेपाल, कुल्दिप अधिकारी, विशाल पहारीलगायतको पनि अभिनय रहनेछ । फिल्मको कथा पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।