spot_img
spot_img
spot_img

उम्मेदवारलाई जिताउन कर्णालीमा कांग्रेसले पदाधिकारीलाई निर्वाचन क्षेत्रमा खटाउने

spot_img

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले आगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटीदेखि प्रचारप्रसार समिति गठन गरेको छ ।

उम्मेदवारलाई जिताउनका लागि प्रदेश सभापति ललितजङ्ग शाहीको संयोजकत्वमा प्रदेश स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने गोबिन्द कोइरालाको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार प्रदेश स्तरिय परिचालन समिती गठन गरिएको हो । कोइराला प्रदेश सूचना, संचार तथा प्रचारप्रसार बिभाग प्रमुख समेत हुन् ।

कांग्रेस कर्णाली प्रदेश कमिटीका प्रवक्ता दमन शाहीका अनुसार पदाधिकारीहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा खटाउने भएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि  गठबन्धनका साझा उम्मेदवार लाई विजयी गराउन कांग्रेस कर्णाली प्रदेशका पदाधिकारी, सदस्यहरु आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा खटाइने निर्णय समेत गरिएको उनले बताए । त्यहाँ उनीहरुले उम्मेदवारको पक्षमा जनमत पार्नका लागि रणनीतिक योजना बनाउनेदेखि चुनावी कार्यक्रमहरु गर्न सहयोग गर्ने छन् ।

साथै प्रदेश कमिटीले सङ्कल्प पत्र पारित गर्ने भएको छ । ‘ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हाम्रो प्रदेश कमिटीका तर्फबाट सूचना, सञ्चार तथा प्रचार प्रसार विभागको नेतृत्व र सहप्राध्यापक पीताम्बर ढकालको संयोजकत्वमा मस्यौदा समितिले उक्त सङ्कल्प पत्र तयार गरेको छ,’प्रवक्ता शाहीले भने,‘ तयार पारेको सङ्कल्प पत्र पारित गर्ने र आम नागरिकका लागि जारी गरिने छ ।’

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img