spot_img
spot_img
spot_img

ग्रहण लागेको समयमा खाना किन खानु हुँदैन ?

spot_img

ग्रहण लागेको बेलामा खाना खान हुँदैन भन्ने मान्यता छ। ग्रहण सुरु हुनभन्दा १२ घण्टाअघिदेखि खाना खान नहुने ज्योतिषशास्त्रमा उल्लेख छ।

खानाका विषयमा दुई कुरा देखिन्छन्। सकेसम्म खाना नखाने तर खानैपरे के खाने र कसरी खाने भन्ने विषय उल्लेख देखिन्छ। ज्योतिषी एवं वैद्यराज दीपक सुवेदी ग्रहण लाग्नुमा राहु र केतुको मुख्य भूमिका हुने बताउँछन्। राहु र केतु संक्रमणसँग सम्बन्धित ग्रह हुन्। ग्रहण लाग्नुमा यी दुवैको भूमिका हुने र संक्रमण गर्ने खालका ग्रह भएकाले ग्रहण लाग्दा सूर्य र चन्द्रमा संक्रमित हुन्छन्। सूर्य ग्रहण लाग्दा सूर्य र चन्द्र ग्रहण लाग्दा चन्द्रमा संक्रमित हुन्छन्।

हाम्रो शरीरमा चन्द्र र सूर्यको ऊर्जा चाहिन्छ। यी संक्रमण हुँदा हाम्रो शरीरमा पनि असर हुन्छ। ग्रहण लागेको बेलामा खाद्य वस्तुमा पनि संक्रमण हुने भएकाले खाना खान नहुने उनी बताउँछन्।

बाल, वृद्ध, सुत्केरी र दीर्घरोगीले भने हल्का खानेकुरा खान सक्छन्। खानै पर्ने अवस्थामा पानी खाने, तरल पदार्थ खाने, त्यसले नभए फलफूल खाने, लाइट भोजन गर्ने र सकेसम्म नुन नखाने ज्योतिषी एवं वैद्यराज सुवेदीले एपीवान टिभीसँग बताए।

यसपटकको खण्डग्रास सूर्य ग्रहण कात्तिक ८ गते मंगलबार साँझ ४ बजेर ४७ मिनेटदेखि अवलोकन गर्न सकिने भएको छ।

नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार  काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।

नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम-दक्षिण पश्चिम भागमा अवलोकन गर्न सकिनेछ।

नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैंन र सूर्य सूर्यास्ततिर अग्रसर हुन जान्छ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ।

सूर्य ग्रहण केवल चन्द्रमाको ‘न्यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।

सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ।

सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन सक्दछ। पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ ।

चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकाले चन्द्र र सूर्य गोलाहरूमा बाहिर स्पर्शरेखाद्वारा निर्मित शंकु छायाँ (कोन सेडो) भित्र पृथ्वी पूर्ण रूपले नपर्ने हुँदा पृथ्वीको केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ ।

चन्द्रमाले सूर्यबाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छायाँ पर्न गई पृथ्वीको उक्त भागमा अवस्थित व्यक्तिहरूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्दछ।

चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन्।

सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन। यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ।

साथै एक्स रे, प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन।

हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ। साधारण चश्माबाट यसको अवलोकन गर्नु हुँदैन।

सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावमा सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन सकेका छैनन्।

- Advertisement -

यूरोपका विभिन्न भागहरू, उत्तरपूर्वी अफ्रिका तथा पश्चिम, मध्य र दक्षिण एसियाबाट देख्न सकिनेछ। रुसको साइवेरिया मैदानबाट उच्चतम् सूर्य ग्रहणको मध्य देख्न सकिन्छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img