हालै नेपालमा सामाजिक सञ्जाल ह्वाट्सएपमा सन्देश(म्यासेज) नजाने समस्या सिर्जना भएको छ मंगलबार दिउँसोदेखि यो समस्या आएपछि लाखौं प्रयोगकर्ताहरूले सेवा लिन पाएका छैनन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतभरि यो समस्या देखिएको छ। द न्युयोर्क टाइम्सका अनुसार बेलायत, दक्षिण कोरियालगायत मुलुकमा पनि समस्या देखिएको छ।
नेपाली ह्वाट्सएप प्रयोगकर्ताहरूले पनि यो समस्या झेलिरहेका छन्।ह्वाट्सएप मेटा कम्पनीले चलाउँछ। ह्वाट्सएपमा समस्या आएकोबारे जानकारी रहेको भन्दै मेटाका प्रवक्ताले समाधानको प्रयास भइरहेको बताएका छन्।