चितवनको एउटा अटो ग्यारेजमा भएको आगलागीमा ३२ वटा मोटरसाइकल जलेको छ । आज बिहानीपख रत्न नगरपालिका, सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टस तथा कालिका मोटर पार्टसमा आगलागी भएको हो ।
आगलागीबाट यामाहा कम्पनीका १२ वटा नयाँ मोटरसाइकल र २० वटाभन्दा बढी पुरानो मोटरसाइकलमा क्षति पुगेको डिएसपी विजय पण्डितले जानकारी दिएका छन् ।
आगलागीको कारण थाहा हुन नसकेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका वारुणयन्त्रले झण्डै तीन घण्टामा नियन्त्रणमा लिएको हो ।