बारा, कार्तिक २१ गते ।
ठुला दल नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रका उम्मेदवार माथी बारा क्षेत्र नं. ४ (क) मा हाम्रो नेपाली पार्टीको उम्मेदवार सन्तोष कुशवाहा भारी पर्दै गएका छन् ।
एमाले र जसपाको साझा उम्मेदवार बनेर एमालेबाट देवनारायण चौधरी र गठबन्धनको तर्फ बाट माओवादी केन्द्रका अनिल श्रेष्ठ बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् यी दुबे उम्मेदवार माथी लौरो उम्मेदवार सन्तोष कुशवाहा निकै बाराबरीको टक्कर दिदैछन् ।
एमाले र माओवादीका उम्मेदवार दसकौ देखी राजनितिमा होमिएका व्यक्ति हुन भने सन्तोष पहिलो पटक राजनितिमा उत्रिएका हुन । दसकौ राजनितिमा पहुच बनाएका नेतालाई पहिलो पकट राजनितिमा उत्रिएका सन्तोषले बराबरीको टक्कर दिदा उनका विपक्षमा उम्मेदवारी दिएका दुबै जना उम्मेदवारलाई सकस भएको छ ।
यता बारामा परिवर्तन खोजी रहेका बाराली जनताहरु भने नँया अनुहारलाई कुर्सीमा बसाउन चाहान्छन् ।