spot_img
spot_img
spot_img

बारा ४ मा बलियो बन्दै स्वतन्त्र उम्मेदवार वाग्ले

spot_img

बारा, कार्तिक २१ गते

बारा क्षेत्र नं. बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इच्छाबहादुर वाग्लेको पक्षमा बलियो जनमत देखिनथालेको स्वतन्त्र उम्मेदवारी दर्तासंगै चुनावी अभियान अघि बढाएका वाग्लेको पक्षमा जनमत बढ्न थालेको हो

गठबन्धनको कारण यस निर्वाचन क्षेत्र एकिकृत समाजवादीको भागमा परेपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसका नेता वाग्लेले स्वतन्त्रउम्मेदवारी दर्ता गराएका थिए कांग्रेसले जित्न सक्ने निर्वाचन क्षेत्रमा कांग्रेस कार्यकर्ताको भावना विपरित जनाधार नै नभएको पार्टीलाईटिकट दिएको कांग्रेसलाई उम्मेदवारविहिन बनाएको भन्दै वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका हुन्

गठबन्धनको भागबण्डाका कारण कांग्रेस बारा क्षेत्र नं. मा उम्मेदवारविहिन अवस्थामा गठबन्धन भएपनि बैशाखमा सम्पन्न स्थानीयनिर्वाचनमा कांग्रेसले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदमा पराजय भोगेको थियो गठबन्धनका उम्मेदवार राजनपौडेलले नगर प्रमुख पदमा जित्दै गर्दा उपप्रमुख पदमा कांग्रेस उम्मेदवार मेघा शाही पराजित भएपछि कांग्रेस नेताकायर्कर्ता असन्तुष्ट छन्

बलियो जनमत रहेपनि कांग्रेसले पछिल्लो दुई स्थानीय निर्वाचनमा उत्साहजनक नतिजा ल्याउन सकेको छैन् २०७४ सालको स्थानीयनिर्वाचनमा जीतपुरसिमरामा पाँच वटा वडा जितेको कांग्रेसले २०७९ को निर्वाचनमा पनि उस्तै नतिजा दोहोर्‍याएको

२०७४ सालको निर्वाचनमा एक्लै लडेको कांग्रेस यसपटक भने गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो तर निर्वाचनको नतिजा भनेकांग्रेसको पक्षमा आउन सकेन गठबन्धनका एउटा उम्मेदवार जित्दै गर्दा अर्को उम्मेदवार पराजित हुनु कांग्रेसको लागि सुखद् नरहेकोकांग्रेसकै कार्यकर्ताले बताउछन्

स्थानीय निर्वाचनमा प्राप्त नजिताकै आधारमा कांग्रेसलाई कमजोर आकलन गर्दै यसपटक बारा क्षेत्र नं. मा उम्मेदवारविहिन अवस्थामाकांग्रेस पुगेको हो प्रतिनिधिसभामा कमजोर जनमत रहेको एकिकृत समाजवादीले टिकट पाँउदै गर्दा कांग्रेसले प्रदेशसभामा समेतटिकट प्राप्त गर्न सकेन

स्थानीय निर्वाचनको नजितालाई आधार बनाएर प्रदेशसभा () मा यसपटक नेकपा माओवादी केन्द्रले टिकट प्राप्त गर्यो तर () मामाओवादी भन्दा बलियो जनमत रहेको कांग्रेस उम्मेदवारविहिन हुन पुग्यो जसका कारण कांग्रेस कार्यकर्ता दुखित् देखिएका छन् अन्यराजनीतिक दलका कार्यकर्तालाई चुनावी माहोलले उत्साह प्रदान गरिरहदा कांग्रेस कार्यकर्ता भने यतिबेला निराश छन्

कांग्रेसकै सहयोग लिएर कांग्रेसकै अस्वित्व समाप्त पार्ने अन्य पार्टी हावी हुने गतिविधि बढेको चर्चा सुरु भएको कांग्रेसलाई प्रयोगगरेर अन्य पार्टी बलियो हुने कांग्रेसको जनमत कमजोर बनाउने षडयन्त्र भएको भन्दै कांग्रेसका कार्यकर्ता रुष्ट देखिएका छन्

उक्त असन्तुष्टीकै कारण कांग्रेस कार्यकर्ताको चाहनाअनुसार वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए उनको स्वतन्त्रअभियानलाई पछिल्लो समय कांग्रेस कार्यकर्ताले खुलेरै सहयोग गर्न थालेका छन् लामो समय नेपाली कांग्रेसको जीतपुरसिमरा नगरकमिटीको सचिव भएर काम गरेका सुशिल ढोडारी यतिबेला वाग्लेको स्वतन्त्र अभियानसंग जोडिएका छन् कांग्रेसको अस्वित्व समाप्तपार्ने गरी भएको निर्णयविरुद्ध स्वतन्त्र अभियानलाई अघि बढाएको ढोडारीले बताए

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img