राप्रपाकी केन्द्रीय सदस्य नेपाली कांग्रेस प्रवेश गरेकी छन्। सिन्धुपाल्चोककी नेतृ तथा राप्रपाकी केन्द्रीय सदस्य यसमिन ढुंगाना जम्बो टोलीसहित नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । ढुंगानासहित सिन्धुपाल्चोकका करीव १५० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्यद्वय विमलेन्द्र निधि र मोहनबहादुर बस्नेतसहितका नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।
सिन्धुपाल्चोक–२ मा कांग्रेस नेता बस्नेत प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । नेता बस्नेत सिन्धुपाल्चोक–२ मा उम्मेदवार बनेपछि राप्रपा, एमालेसहितका दलहरूका कार्यकर्ताले समेत समर्थन गर्न थालेका छन् ।