spot_img
spot_img
spot_img

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरु सम्मानित

spot_img

मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषि, पशुपालन तथा साना साना उद्यमहरू संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको जनाइएको छ ।

उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले यस कार्यक्रम आयोजना भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषीमा ब्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषी कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानिय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषी पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य पनि भएको थियो ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img