spot_img
spot_img
spot_img

गठबन्धनलाई जिताइदिनु भयो भने चितवनको समृद्धिको ढोका खुल्छ:उमेश श्रेष्ठ

spot_img

चितवन–२ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनलाई जिताएमा चितवनको समृद्ध भविष्यको लागि ढोका खोल्न सक्ने बताउनु भएको छ ।

गठबन्धनका पाँच दलहरुले आज भरतपुरमा गरेको संयुक्त सभामा चितवनमा लगानीमैत्री वातावरण बनाएर समृद्ध बनाउनुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘लगानीमैत्री बतावरण बनाएर उद्योग व्यवसाय खोलेर धेरै धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सक्छौं । हाइड्रो, कृषि, पर्यटन क्षेत्रमा लगानी बढाउन सक्छौं ।’

सभामा उहाँले गठबन्धनले स्थायी सरकार बनाएर रोजगारी ढोका खोल्न सकियो भने देश धनी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ गठबन्धनका सबै उम्मेदवारलाई जिताएर पाँच वर्षको स्थायी सरकार बनाउनुपर्छ ।’ उहाँले समृद्धिको लागि सबैभन्दा पहिले देश धनी बन्नुपर्ने बताउनुभयो । जसका लागि गठबन्धनका सारा प्रदेश र संघका उम्मेदवारलाई विजयी गराउनु पर्छ । ’

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img