६ नोभेम्बरमा आलिया र रणबीर कपुरको छोरीको जन्म भएको छ । आलिया अस्पतालबाट डिस्चार्ज भएर घर पुगिसकेकी छिन् । यस्तै, प्रशंसक यी दुईको छोरीको एक झलक पाउनका लागि व्यग्र छन् । तर आलिया र रणबीर कपुरकी छोरीलाई भेट्न त्यति सहज छैन किनभने यो जोडीले आफ्नी छोरीलाई भेट्नका लागि केही शर्त राखेका छन् ।
रणबीर–आलियाले राखे यस्तो शर्त
१० नोभेम्बरमा आलिया भट्ट अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेकी छिन् । आलिया अस्पतालबाट निस्कने खबर सुन्नेबित्तिकै उनको एक झलक पाउनका लागि क्यामराको भीड लाग्यो । थुप्रै पापाराजीले नायिकाको कारलाई पिछासमेत गरे । त्यसपछि सोसल मिडियामा थुप्रै फोटो भइरल पनि भए जसलाई रणबीर–आलियाको छोरीको तस्बिर भनियो तर ती नक्कली निस्किए ।
यो सबै कुरालाई ध्यानमा राख्दै कपुर र भट्ट परिवारले छोरीका लागि केही नियम तय गरे । रिपोर्टका अनुसार कपुर र भट्ट परिवार आफ्नी छोरीलाई क्यामराको अगाडि ल्याउन चाहँदैनन् । उनीहरु कसैले पनि छोरीको फोटो खिचुन् भन्ने चाहँदैनन् । आलिया र रणबीरले छोरीलाई भेट्न आउनेहरुका लागि नो–पिक्चर्स गाइडलाइन बनाएका छन् । अर्थात्, आलिया भट्टका छोरीलाई भेट्न जानेहरुलाई फोटो खिच्न अनुमति छैन ।
कोभिड रिपोर्ट पनि पेश गर्नुपर्ने
आलिया भट्ट र रणबीर कपुरकी छोरीलाई भेट्नका लागि कोभिड नेगेटिभ सर्टिफिकेट पनि देखाउनुपर्नेछ किनभने साना बच्चा संक्रमित हुने खतरा अत्यधिक हुन्छ । छोरीको स्वास्थ्यलाई ध्यानमा राख्दै रणबीर कपुर र आलिया भट्टले यस्तो निर्णय लिएका हुन् । आलिया–रणबीरले मिडिया र साथीलाई उनीहरुकी छोरी एक वर्षको नभएसम्म यो नियम पालना गरिदिन आग्रह गरेका छन् ।