बारा, कार्तिक २७ गते ।
बारा क्षेत्र नम्बर ४ (क) को जनताको ध्यान प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहा तिर केन्द्रीत भइरहेको छ । छोटो समयमा मतदाताहरुलाई आफु तिर आकर्शित गरेको उनि अहिले पुर्वरुपले चुनावमा होमिएका छन् ।
आफ्नो जित शुनिश्चित रहेको भन्दै आएका उम्मेदवार कुशवाहा हाम्रो नेपाली पार्टीबाट बारा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नु भएको छ ।
बाराली जनताले यसपाली युवालाई साथ दिने अभियानै चलाईरहेका छन् । सन्तोष राजनितिमा नँया अनुहार भएतापनि उनि वर्षौ देखी समाज सेवामा भने लागि परेका थिए । अहिले सन्तोषलाई बारामा परिवर्तनको संकेत भनेर चिनिन्छ ।