कामको चापले होस् वा कहिलेँकाहि अल्छिले गर्दा हामी मध्ये धेरैले समयमा पिसाब फेर्दैनौ । तर, यसरी समयमा पिसाब नफेर्ने बानीको असर तत्काल नदेखिए पनि कालान्तरमा भने यसले दीर्घकालिन रुपमा भयावह रोग निम्त्याउन सक्छ । अर्थात समयमा पिसाब नफेर्ने बानी हाम्रो लागि एकदमै हानिकारक साबित हुन सक्छ । यसका कारण निम्न स्वास्थ्य समस्याहरु देखिन सक्छ ।
मुत्रथैली सुन्निने
पिसाब रोकेर बस्नाले मुत्रथैलीमा त्यसले असर देखा पर्दछ । यसरी पिसाब रोकेर बस्दा मुत्रथैली सुनिन्छ र यसले पिसाब फेर्दा दुख्ने समस्या हुने गर्दछ ।
मुत्रनलीमा संक्रमण
पिसाब नफेरी रोकेर बस्दा यसले ब्लाडरमा ब्याक्टोरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाका कारण मुत्रनलीमा संक्रमण नित्याउने गर्दछ ।
मिर्गौलाको पत्थरी
पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्वहरु हुन्छन् । त्यसैले लामो समयसम्म पिसाब रोकेर बसियो भने उक्त टक्सिन मिर्गौलामा पुग्छ र पत्थरी हुन्छ ।
मिर्गौलामा असर
पिसाब लाग्ना साथ यसलाई रोक्दा त्यसको दबाव मिर्गौलामा पर्दछ । यसैले मिर्गौलाको रोग लाग्न सक्छ ।
मांशपेशी कमजोर हुन्छ
पिसाब रोक्दा मुत्रथैली फुलिन्छ । यसले मुत्रथैलीको छाला कमजोर हुन्छ साथै दुखाई पनि सुरु हुन्छ ।
पिसाबको रंग परिवर्तन हुने
लामो समयसम्म पिसाब रोकेर बस्दा पिसाबको रंग गाढा पहेँलो र दुर्घन्धित हुन्छ । यसो हुनुमा ब्याक्टेरिया प्रमुख कारण रहने गर्दछ ।
यदि लगातार पिसाबको रंगमा परिवर्तन आयो वा पिसाब रोकेर बस्ने गर्नु भएको छ माथि उल्लेखित स्वास्थ्य समस्याहरु देखा पर्न सक्छ । त्यसैले पिसाब लाग्ना साथ समयमै पिसाब फेर्ने गर्नुहोस् ।