spot_img
spot_img
spot_img

कस्ताे छ आजकाे दिन हर्नेहाेस् राशिफल

spot_img

आज कात्तिक २९ गते मंगलबार । तद्अनुसार सन् २०२२ नाेभेम्बर तारिख ।मार्ग कृष्णपक्षकाे सप्तमी तिथि। दक्षिणायन । चन्द्रमा कर्कट राशिमा । सूर्याेदय बिहान ६ः२५ सुर्यास्त साँझ ५ः१३ मिनेटमा ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,) स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

वृष ( , , , , बा, बि, बु, बे, बो ) धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसाे तिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मिथुन (का, कि, कु, , , , के, को, ) सुरुमा केही चुनौतीहरू देखिए पनि मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनुका साथै स्थितिमा सुधार आउनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। खर्च लागे पनि स्राेतसाधन जुट्नाले मन उत्साहित हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  आफ्ना कमजाेरीप्रति अरूले आलोचना गर्नसक्छन्। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसाेदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

कन्या (टो, , पि, पु, , , , पे, पो) फाइदाका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तापनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने देखिन्छ।

तुला (, रि, रु, रे, रो, ता, ति, तु, तें) विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् र दिउँसाेतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ। बोलीका भरमा काम सम्पादन हुनेछ।

धनु (ये, यो, , भि, भु, , फा, , भे) फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

मकर (भो, , जि, खि, खु, खे, खो, गा, गि) स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। दिउँसाेदेखि आर्थिक समस्याले अलि दु:ख पाइनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, ) जिम्मेवारी पनि बढिरहनेछन्। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। कर्मयोगले आम्दानी बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

मीन (दि, दु, , , , दे, दो, , चि) बिहानभरि पहिलेका समस्या सुल्झाउन अलमलिनुपर्ला। अभाव टार्दैमा समय बित्नेछ। तापनि सामाजिक कामले अवसर दिलाउन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। दिउँसाेतिर कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img