spot_img
spot_img
spot_img

यस्तो रहनेछ आजको मौसम

spot_img

हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै हिमपातको सम्भावना रहेको बताएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। मंगलबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू(्भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू(भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ।

वर्षा र हिमपातको सम्भावना रहेको रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले भनेको छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img