घरेलु टोली नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन आजको खेल जित्नै पर्ने हुन्छ । यता युएई दोस्रो खेल जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने लक्ष्यमा छ ।