spot_img
spot_img
spot_img

आज मतदान गर्ने दिन, यी कागजात अनिर्वाय बोक्नुस्

spot_img

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्नका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चुनिने जनप्रतिनिधिहरुले मुख्य रुपमा सरकार निर्माण गर्ने र कानून बनाउने काम गर्नेछन्।

मतदानका लागि भाग लिन जाँदा मतदाता परिचयपत्र लैजानुपर्नेछ। परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, लालपूर्ण, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, पासपोर्ट(राहदानी)का आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ। निर्वाचन आयोगले शनिबार दिउसो विशेष पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारी पुरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानमा सक्रियपूर्वक सहभागी हुन सबै मतदाताहरुलाई आग्रह गरे ।

यो निर्वाचनमा देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो ।

प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् ।

जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् । २०६१ साल मंसिर ३ गतेसम्म जन्मेका अर्थात आजको दिनसम्म १८ वर्ष पुरा भएका र नागरिकताको प्रमाणपत्र लिएर मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यो निर्वाचनमा भाग लिन पाउनेछन् ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img