बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ नाटेश्वरी आधारभुत विद्यालयको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको छ ।
स्थानीय सन्जीव ऐडीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको उनले बताए । अहिले त्यहाँका अवस्था त्रासपूर्ण छ । स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । गोली लागेर अन्य दुईजना घाइते भएका छन् ।
हातमा गोली लागेर घाईते भएका पर्शुराम उपाध्यायलाई हेलिकप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ भने अर्का एक पनि घाइते भएका छन् ।