spot_img
spot_img
spot_img

मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु

spot_img

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ ।

दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडीकाे थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । ४ जनाको शव निकालिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपालप्रेसलाई  बताए  । उनका अनुसार मृतककाे संख्या बढ्ने सक्ने आश‌ंका छ ।

उनले भने, ‘जीप अपठ्यारो ठाउँमा खसेको हुनाले शवहरु निकाल्न गाह्रो भएछ ।पहिले घाइतेहरु निकालिरहेका छौं । घाइतेहरु प्रहरीबाहेक अरु पनि हुन सक्छ ।

उक्त जिपमा १४ जना सवार थिए ।  जिप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाएको छ । उनीहरु मतपेटिका पुयाएर फकँदै थिए ।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ ।

 

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img