गण्डकी प्रदेश सभा सदस्यमा नवलपुर क्षेत्र नम्बर २ का दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका छन् । २ (क) मा पद्मा जिसी र (ख) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् ।
प्रदेश (क) मा जिसीले १९ हजार ३ सय ७८ मत ल्याएर माओवादी केन्द्रका सौगम कुमार सिरपालीलाई पराजित गरेका हुन् । सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए । २०७४ सालको निर्वाचनमा यहाँ कांग्रेस उम्मेदवार विजयी भएको थियो ।