spot_img
spot_img
spot_img

महासचिव पोखरेललाई हराउने शर्मा को हुन् ?

spot_img

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले नेकपा एमाले महासचिव शंकर पोखरेललाई झिनो मत अन्तरले पराजित गरिन । दाङ क्षेत्र नम्बर २ बाट एमालेका महासचिव पोखरलाई माओवादीकी शर्माले १९६ मत अन्तरले पराजित गरिन् ।

शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत मात्रै ल्याएका छन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा चुनाव लड्न डराएपछि शर्मा पार्टीबाट उम्मेदवारी भएकी थिइन् । पहिलो संविधानसभा चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैमा नपरेकी शर्मा दोस्रो संविधानसभा चुनावमा समानुपातिक सांसद भएकी थिइन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भएकी थिइन् । ।

यस्तै २०७४ सालको चुनावमा प्रत्यक्ष चुनाव लड्न खोजेपनि क्षेत्रको समस्या भएपछि समानुपातिक सांसद भएकी थिइन । शर्मा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काकी श्रीमती समेत हुन् ।

खड्का पार्टीको पोलिटब्युरो सदस्य छन् भने शर्मा पार्टी स्थायी समिति सदस्य हुन् । शर्मा र खड्का दुवै अनेरास्ववियूको क्रान्तिकारी राजनीतिबाट उदाएका नेता हुन् । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा दुवै जनाले नेपाली सेनाबाट कठोर यातना समेत पाएका थिए ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img