spot_img
spot_img
spot_img

कडा प्रतिस्पर्धाकाबीच दोलखामा माओवादीका कार्की निर्वाचित

spot_img

दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । नेकपा एमालेका बालकृष्ण सिवाकोटीलाई ३ सय १८ मतले पराजित गर्दै कार्की विजयी भएका हुन् ।

कार्कीले ३६ हजार ७ सय ९९ मत पाएर विजयी हुँदा पराजित सिवाकोटीले ३६ हजार ४ सय ८१ मत पाए । याेसँगै प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रकाे परिणाम घाेषणा भएकाे छ ।

सबैभन्दा धेरै ५७ सिट नेपाली कांग्रेसले जितेकाे छ । नेकपा एमालेले ४४, नेकपा माओवादी केन्द्रले १८, नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् ।

जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सात/सात सिट जितेका छन् । पाँच जना स्वतन्त्र उम्मेदवारले जित निकाल्दा जनता समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेका छन् ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमाेर्चा र जनमत पार्टीले एक/एक सिट जितेका छन् । समानुपातिकमा भने नेकपा एमाले पहिलाे स्थानमा छ । कांग्रेस दाेस्राे हुँदा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमश: तेस्राे र चाैंथाे स्थानमा छन् ।

 

एकीकृत समाजवादीले थ्रेसहाेल्ड कटाउन सकेकाे छैन । राप्रपा पाँचाैं स्थानमा रहँदा जसपा र जनमत पार्टीले पनि थ्रेसहाेल्ड कटाएका छन् ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img